Exam
Normal
B.Sc.CSIT VIII Semester-2077 Make Up Exam Center Notice
Published: November 23, 20259 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुवाट सेमेष्टर परीक्षा प्रणाली अनुसार संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषय चौथो वर्ष आठौं शत्र-२०७७ समूहको नियमित परीक्षा दिई दुई विषय सम्म अनुत्तिर्ण हुने विद्यार्थीहरुको मिति २०८२।०८।११ गते देखि संचालन हुने मौका (Make Up) परीक्षाको परीक्षा केन्द्र निम्नानुसार तोकिएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सगरमाथा कलेज अफ साईन्स एण्ड टेक्नोलोजी, सानेपा केन्द्र : १) काठमाडौं उपत्यका भित्रका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुका सम्पूर्ण परीक्षार्थीहरु ।
डिग्री क्याम्पस, विराटनगर केन्द्र : १) महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस २) विराट मल्टिपल कलेज ३) एम्स कलेज ४) हिमालय दर्शन कलेज ५) विराट क्षितिज कलेज ६) निहारीका कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
केन्द्रीय प्रविधि क्याम्पस, धरान केन्द्र : १) वीरेन्द्र मेमोरियल कलेज २) गोदावरी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
दमक बहुमुखी क्याम्पस, दमक केन्द्र : १) श्रीयन्त्र कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा केन्द्र : १) हेटौंडा सिटी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर केन्द्र : १) वीरेन्द्र बहुमुखी क्याम्पस २) चितवन कलेज अफ टेक्नोलोजी ३) लुम्वीनी आई.सि.टि.क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
पृथ्वीनारायण क्याम्पस, पोखरा केन्द्र : १) पृथ्वीनारायण क्याम्पस २) माउण्ट अन्नपूर्ण क्याम्पस ३) सोच कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
वुटवल बहुमुखी क्याम्पस, वुटवल केन्द्र : १) वुटवल बहुमुखी क्याम्पस २) लुम्विनी सिटी कलेज ३) नेपथ्य कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर केन्द्र : १) सिद्धनाथ विज्ञान क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
अन्य कुराहरु पूर्व प्रकाशित सूचना अनुसार नै हुनेछ ।