Exam
Normal
B.Sc.CSIT VIII Semester-2076 Make Up Exam Center Notice
Published: December 13, 20246 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुवाट सेमेस्टर परीक्षा प्रणाली अनुसार संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष आठौँ सेमेस्टर २०७६ समूहको नियमित परीक्षा दिई दुई विषय सम्म अनुत्तीर्ण हुने विद्यार्थीहरुको मिति २०८१।०९।०५ गते देखि संचालन हुने मौका (Make Up) परीक्षाको परीक्षा केन्द्र निम्नानुसार तोकिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
महेन्द्ररत्न क्याम्पस, ताहाचल केन्द्र : १) काठमाडौं उपत्यका भित्रका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुका सम्पूर्ण परीक्षार्थीहरु, २) हेटौंडा सिटी कलेज, हेटौंडाका सम्पूर्ण परीक्षार्थीहरु, ३) सोच कलेज, पोखराका सम्पूर्ण परीक्षार्थीहरु ।
डिग्री क्याम्पस, विराटनगर केन्द्र : १) महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस २) एम्स कलेज ३) विराट क्षितिज कलेज ४) हिमालय कलेज ५) निहारिका कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
दमक बहुमुखी क्याम्पस, दमक केन्द्र : १) श्रीयन्त्र कलेजका सम्पूर्ण परीक्षार्थीहरु, २) मेची बहुमुखी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज केन्द्र : १) महेन्द्र बहुमुखी क्याम्पस २) नेपालगञ्ज क्याम्पस ३) वाँके वागेश्वरी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र बहुमुखी क्याम्पस, दाङ्ग केन्द्र : १) अम्बिकेश्वरी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर केन्द्र : १) सिद्धनाथ विज्ञान क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
अन्य कुराहरु पूर्व प्रकाशित सूचना अनुसार नै हुनेछ ।