General
Normal
B.Sc.CSIT विषय २०८० काे प्राथमिकता क्रम (Priority Form) भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
Published: October 1, 20234 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा २०८० साल असोज ११ गते बिहीबारका दिन संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय २०८० को प्रवेश परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका सो विषय पढ्न ईच्छुक विद्यार्थीहरुलाई यस कार्यालयको webpage https://iost.tu.edu.np/ मा रहेको Link प्रयोग गरी आफू पढ्न ईच्छुक क्याम्पस/कलेजहरुको Priority Form भर्न सूचित गरिन्छ । प्राथमिकता क्रम (Priority Form) भर्दा परीक्षार्थीहरुले निम्न कुराहरु ध्यान दिनु पर्नेछ ।
परीक्षार्थीहरुले आ-आफ्नो Score Sheet Download गरी आफुले प्राप्त गरेको Score र Rank को जानकारी राख्नु पर्दछ ।
B.Sc.CSIT कार्यक्रम संचालन गर्ने क्याम्पस/कलेजहरुको नामावली र तिनमा रहेको विद्यार्थी कोटा बारे webpage https://portal.tu.edu.np/news/267/BSC-CSIT-QUOTA2023Edited.pdf बाट जानकारी लिई राख्नु पर्नेछ ।
परीक्षार्थीहरुले प्राप्त गरेको Rank लाई मुख्य आधार र परीक्षार्थीले तोकेको क्याम्पस/कलेजलाई सहायक आधार बनाई भर्ना सूची प्रकाशन गरिने छ । उदाहरणको लागिः प्रथम Rank ल्याउने परीक्षार्थीले तोकेको प्राथमिकता क्रममा पहिलो स्थानमा तोकिएको क्याम्पस/कलेजलाई भर्नाको लागि सूचिकृत गरिने छ । त्यसपछि दोस्रो, तेस्रो, क्रमशः Rank हासिल गर्ने परीक्षार्थीहरुलाई उनीहरुकै Rank त्यस पश्चात प्राथमिकता क्रम अनुसारले भर्नाको लागि सूचिकृत गरिन्छ । उदाहरणको लागी गत वर्ष वि.स. २०७९ मा परिक्षार्थीहरुद्वारा भरेका प्राथमिकता क्रम र प्रथम भर्ना सूची डीनको कार्यालयको वेवपेजहरु (https://tuiost.edu.np/storage/notice/b85.pdf/ र https://tuiost.edu.np/storage/notice/priorityformcsit2022424.pdf) मा हेर्न सकिनेछ ।
परीक्षार्थीहरुले आफूले प्राप्त गरेको Rank र Score अनुसारले मनन् गरेर आफ्नो लागि उपयुक्त क्याम्पस/कलेज तोक्नको साथै प्राथमिकता क्रम (Priority Form) पनि सोही अनुसार भर्न सल्लाह दिईन्छ ।
आफूले पढ्न खोजेको २० (बिस) वटा क्याम्पस/कलेज सम्म प्राथमिकता (Priority) क्रम (उच्च प्राथमिकता देखि क्रमशः न्यून प्राथमिकता सम्म) तोक्न पाईनेछ ।
प्रवेश परीक्षामा उत्तीर्ण भएका छात्रा परीक्षार्थीहरुलाई मात्र पद्मकन्या बहुमुखी क्याम्पसमा प्राथमिकता क्रम (Priority Form) भर्न सूचित गरिन्छ ।
प्राथमिकता क्रम फारम (Priority Form) भरे वापत छुट्टै शुल्क लाग्ने छैन । परीक्षार्थीले परीक्षा फारम भर्दा शुल्क बुझाए वापत प्राप्त भौचर कोड (Product Id) प्रयोग गरी प्राथमिकता क्रम फारम (Priority Form) भर्नु पर्नेछ । प्राथमिकता क्रम फारम नभरेका विद्यार्थीहरुलाई भर्ना सूचीमा समावेश गरिने छैन ।
प्राथमिकता क्रम फारम (Priority Form) भर्ने अवधी २०८० साल असोज १५ गते बिहान १०:०० बजे देखि २०८० साल असोज १७ गते बेलुका ५:०० बजे सम्म हुनेछ । यस अवधीमा जति पटक पनि प्राथमिकता क्रम सच्याउन सकिने छ । हरेक पटक सच्याउँदा Submit गरी Confirm गर्नु हुन सबैमा सूचित गरिन्छ । अन्तिम पटक सच्याएर Submit/Confirm गरेकोलाई Fix गरिने छ र त्यसलाई नै अन्तिम मानिने छ । यस प्राथमिकता-सूचीलाई प्रथम भर्ना सूची प्रकाशन साथै सबैको जानकारीको लागि प्रकाशित गरिने छ ।