Schedule
Normal
B.Sc.CSIT II Semester-2079 Exam Schedule
Published: October 11, 20234 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८० सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय प्रथम वर्ष दोश्रो शत्र-२०७९ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२.०० वजे देखि ३.०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Exam Date
Level
Course No.
Course Title
2080-08-12
B.Sc.
CSC165
Discrete Structure (New)
CSC160
Discrete Structure (Old)
CSC.152
Discrete Structure (Very Old)
2080-08-15
B.Sc.
CSC166
Object Oriented Programming (New)
CSC161
Object Oriented Programming (Old)
CSC.151
Digital Logic (Very Old)
2080-08-18
B.Sc.
CSC167
Microprocessor (New)
CSC162
Microprocessor (Old)
CSC.153
Microprocessor (Very Old)
2080-08-21
B.Sc.
MTH168
Mathematics II (New)
MTH163
Mathematics II (Old)
CSC.154
Data Structure & Algorithm (Very Old)
2080-08-24
B.Sc.
STA169
Statistics I (New)
STA164
Statistics I (Old)
MTH. 155
Linear Algebra (Very Old)
2080-08-26
B.Sc.
PHY.156
Physics - II (Very Old)
STA. 159
Statistics - II (Very Old)
उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पस/कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र परीक्षामा निषेधित सामाग्रीहरु साथमा लिएर प्रवेश गर्न पाईने छैन ।