General
Normal
B.Sc.CSIT िवषय २०८० काे प्रवेश परीक्षाकाे अावेदन फारम भर्ने म्याद थप तथा परीक्षा तालिका र परीक्षा समय सम्बन्धी अत्यन्त जरूरी सूचना
Published: September 17, 20234 views
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा भर्ना हुन ईच्छुक विद्यार्थीहरुको निमित्त Online माध्यमबाट आवेदन फारम भर्ने म्याद थप तथा प्रवेश परीक्षाको तालिका र परीक्षा समय निम्नानुसार गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
फारम भर्ने म्याद थप तथा प्रवेश परीक्षा तालिका र परीक्षा समय :
दोब्बर दस्तुर तिरी आवेदन फारम बुझाउने मिति : २०८०।०६।०१ गते देखि २०८०।०६।०७ गते सम्म ।
प्रवेश परीक्षा मिति : २०८० साल असोज ११ गते बिहीबार ।
प्रवेश परीक्षा समय : बिहान ९:०० बजे देखि ११:०० बजे सम्म ।
विस्तृत जानकारीको लागि website: iost.tu.edu.np मा हेर्न सकिने छ ।