Exam
Normal
B.Sc.CSIT and Bachelor in Information Technology (BIT) VIII Semester-2078 Make Up Exam Form Fill Up Notice
Published: June 8, 20268 views
सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) र Bachelors in Information Technology (BIT) विषय चौथो वर्ष आठौं शत्र-२०७८ समूहको मौका (Make Up) परीक्षाको आवेदन फाराम भर्ने सम्बन्धी सूचना
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८३ सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) र Bachelors in Information Technology (BIT) विषय चौथो वर्ष आठौं शत्र-२०७८ समूहको नियमित परीक्षा दिई दुई विषय सम्म अनुत्तिर्ण हुने विद्यार्थीहरुको मौका (Make Up) परीक्षाको आवेदन फाराम २०८३ साल असार ९ गते सम्ममा वुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । सम्बन्धित क्याम्पस/कलेजहरुले फारामहरु रुजु गरी मिति २०८३ साल असार ११ गते सम्ममा यस कार्यालयमा अनिवार्य रुपमा वुझाउन पर्नेछ ।
१. परीक्षार्थीहरुको फाराम पठाउंदा सम्बन्धित क्याम्पस / कलेजहरुले ध्यान दिनु पर्ने कुराहरु :
क) परीक्षार्थीको आन्तरिक मूल्यांकन र विषयगत संख्या बारे :
आन्तरिक मूल्यांकनको प्राप्तांक परीक्षा आबेदन फाराममा उल्लेख गर्नुका साथै छुट्टा छुट्टै नामावली पनि पठाउनु पर्नेछ ।
आन्तरिक मूल्यांकन नभएका विद्यार्थीको फाराम फिर्ता पठाईने भएकोले अनिवार्य रुपमा आन्तरिक मूल्यांकन पठाउनु पर्नेछ ।
आन्तरिक मूल्यांकनमा अनुत्तीर्ण विषयको परीक्षा फाराम नभराउने । यदी परीक्षा फाराम भरी परीक्षा दिएमा उक्त विषयको परीक्षा स्वतः रद्द हुनेछ ।
परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुको विषयगत संख्या (Subjectwise-data) परीक्षा आवेदन फाराम साथ पठाउनु पर्नेछ ।
मौका (Make Up) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराममा लब्धांक पत्रको फोटोकपी फारम साथै संलग्न गरी पठाउनु पर्ने छ ।
२. परीक्षा शुल्क :
क) प्रति शत्र परीक्षा शुल्क आंशिक: २,५००।-
३. विलम्व शुल्क :
परीक्षा फाराम भर्ने म्याद भुक्तान भएको मितिले पहिलो हप्ता सम्म रु. २,५००।-
४. परीक्षा शुल्क बुझाउने सम्बन्धमा :
सम्बन्धित क्याम्पस/कलेजहरुले उपरोक्त अनुसार परीक्षा शुल्क उठाई डीनको कार्यालयको नाममा रहेको कीर्तिपुर स्थित नेपाल बैंक लि.को चल्ती हिसाव नं.०४५००१०००९९१०७०००००१ मा रकम जम्मा गरी पठाउनु पर्ने छ।
५. परीक्षा केन्द्र : पछि तोकिने छ ।
द्रष्टव्य :-
परीक्षार्थीहरुको हाजिरी त्रि.वि. नियमानुसार परीक्षा फाराममा उल्लेख गर्नु पर्नेछ ।
परीक्षार्थीले एक पटक विषय छनौट गरी परीक्षा फाराम भरी सके पछि विषय परिवर्तन गराउन नदिने भएकोले परीक्षार्थीहरुलाई फाराम भराउंदा विषय एकिन गराई फाराम भराउने ।
परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयंले नै भरी बुझाउनु पर्नेछ । साथै परीक्षा फाराम भर्दा परीक्षा फाराममा र प्रवेश पत्रमा समेत परीक्षार्थी आफैंले नै पुरा दस्तखत गर्नु पर्दछ । अन्यथा पर्न गएमा यस कार्यालय जवाफदेही हुने छैन ।