General
Normal
B.Sc.CSIT विषय २०८० काे प्रवेश परीक्षाकाे परीक्षा केन्द्र सम्बन्धी सूचना
Published: September 25, 20233 views
त्रि.वि., विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयबाट मिति २०८०।०६।११ गते बिहीबार बिहान ९.०० बजे देखि ११.०० बजे सम्म संचालन हुने सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषय प्रवेश परीक्षा २०८० को परीक्षा केन्द्र निम्नानुसार तोकिएकोले सम्वन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
महेन्द्ररत्न क्याम्पस, ताहाचल केन्द्र : Online मार्फत काठमाडौं उपत्यका तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने विद्यार्थीहरु मध्येबाट परीक्षा रोल नं. ८००००१ देखि परीक्षा रोल नं. ८०१४७७ सम्मका परीक्षार्थीहरु ।
पाटन संयुक्त क्याम्पस, पाटनढोका केन्द्र : Online मार्फत काठमाडौं उपत्यका तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने विद्यार्थीहरु मध्येबाट परीक्षा रोल नं. ८०१४७८ देखि परीक्षा रोल नं. ८०३३०३ सम्मका परीक्षार्थीहरु ।
पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार केन्द्र : Online मार्फत काठमाडौं उपत्यका तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने विद्यार्थीहरु मध्येबाट परीक्षा रोल नं. ८०३३०५ देखि माथीका सम्पूर्ण परीक्षार्थीहरु ।
मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा केन्द्र : Online मार्फत झापा जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
केन्द्रीय प्रविधि क्याम्पस, धरान केन्द्र : Online मार्फत सुनसरी जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
डिग्री क्याम्पस, विराटनगर केन्द्र : Online मार्फत मोरङ्ग जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुर केन्द्र : Online मार्फत धनुषा जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
ठाकुरराम बहुमुखी क्याम्पस, विरगञ्ज केन्द्र : Online मार्फत पर्सा जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर केन्द्र : Online मार्फत चितवन जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
पृथ्वीनारायण क्याम्पस, पोखरा केन्द्र : Online मार्फत कास्की जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
बुटवल बहुमुखी क्याम्पस, बुटवल केन्द्र : Online मार्फत रुपन्देही जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र बहुमुखी क्याम्पस, दाङ्ग केन्द्र : Online मार्फत दाङ जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज केन्द्र : Online मार्फत बाँके जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर केन्द्र : Online मार्फत कञ्चनपुर जिल्ला तोकी प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु ।
अन्य कुराहरु पूर्व प्रकाशित सूचना अनुसार नै हुने छ ।